शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मन्त्री प्रेम आलेले दिए केपी ओलीलाई पाकेटमारको संज्ञा !


  • बिहिबार, कार्तिक ११ २०७८
13K
SHARES

फाइल तस्विर

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले एमाले अध्यक्ष केपी ओलीलाई पाकेटमारको संज्ञा दिएका छन् ।

कञ्चनपुरमा आयोजित नेकपा एकीकृत समाजवादीको विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् ।

उनले भने माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेको छ। एउटा पकेटमारका कारणले कम्युनिस्ट आन्दोलन धराशायी अवस्थामा पुगेको छ भन्दै ओली प्रति कटाक्ष गरेका थिए ।

एमाले अध्यक्ष समेत रहेका केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्रीमा पुर्‍याउने समेत उनको भनाई थियो ।

उनले अहिलेको सत्ता गठबन्धनलाई चुनाव सम्मै लगेर ओलीको पार्टीलाई जिरो बनाउने उद्घोष समेत गरेका थिए । प्रेम आले त्यस्ता पात्र हुन जो ओली प्रधानमन्त्री भएका बेला ओली ले नै मन्त्री बनाएका थिए ।

एमाले फुटेर ओलीको सत्ता गएपछि रातारात कित्ता परिवर्तन गरेर समाजवादी पार्टीमा मन्त्री खानकै लागि पुगेको मन्त्री आलेलाई आरोप लाग्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा