शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

संसद अघिवेशन अन्त्य गर्ने सरकारको तयारी


  • बिहिबार, कार्तिक ११ २०७८
7.9K
SHARES

फाइल तस्विर

सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ ।

आज बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार ३ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय समावेश नगरिएपनि तत्कालै उक्त प्रस्ताव आउनसक्ने छ ।

अधिवेशन अन्त्य शीर्ष तहमै सहमति बनिसकेकाले सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने उनको भनाइ छ । यसअघि सरकारका तर्फबाट कानूनमन्त्रीसहितका मन्त्रीहरुले यसबारेमा सभामुख अग्नि सापकोटासँग छलफल गरिसकेको बताइएको छ । अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा