समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको संस्थापक हामीलाई पनि पार्टीबाट गलहत्त्याएर निकालेर केपी ओलीले पार्टीलाई धुलो पिठो पारेका कारण सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्ह लिनु परेको बताएका छन् ।
सर्लाहीबाट पार्टीको कार्यक्रमका लागि कैलालीको धनगढी पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष केपी ओलीमाथि यस्तो आरोप लगाएका हुन्।
नेपालले एकताबद्ध नेकपा ओलीकै कारण भताभुङ्ग भएको दाबी गरे। ‘नेकपा स्थापना भयो ठूलो आशाका साथ चुनावमा भाग लियौं। जित्यौ। सरकार बन्यो,’ नेपालले भने, ‘जनताका आशाआकंक्षा चुलिए तर जम्मै उडायो सपना हुरीले भनेजस्तै केपी ओलीले सबै कुरो धुलोपिठो पारे। उनले पार्टीलाई पनि भताभुङ्ग पारे। एङ्कताबद्ध भएको नेकपालाई पनि उनले टुक्राउने काम गरे।’
ओलीले आफूहरुलाई गल्हत्याएर निकालेको दुखेसोसमेत नेपालले गरे। ‘नेकपा एमालेको संस्थापक हामीलाई पनि पार्टीबाट गलहत्याएर निकाले। दक्षिणपन्थी भासमा पुर्याए। व्यक्तिवादमा चल्न थाले।’
ओलीको निरंकुशताविरुद्ध आन्दोलनमा उत्रिएपछि उनी अझै नसुध्रेको नेपालको दाबी थियो। ‘प्रतिगमनको कदम चालेपछि हामी अग्रगमणको पक्षमा सडक संघर्षमा उत्रियौ। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि पनि केपी ओली सुध्रिएनन्,’ उनले भने, ‘दोस्रोपटक पनि सदन विघटन गरे। हामी सतिसाल झैं उभियौं। ओली अझै सुध्रिएनन्। र ढोका बन्द गरिदिए।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।