शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रेम आलेलाई दोहोरो जिम्मेवारी, रामकुमारी झाँक्रीको पद खोसियो !


  • बिहिबार, कार्तिक ११ २०७८
10.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले ३ सय ३५ नेतालाई नयाँ जिम्मेवारी दिएको छ । नेकपा (एस)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा नयाँ जिम्मेवारी तोकेको हो ।

३ सय ३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ ।

केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए ।

तर सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई पार्टीमा कुनैपनि जिम्मेवारी दिइएको छैन् । उनी नेकपा एसकी सचिव हुन् । उनले विद्यार्थी वा महिला मध्ये कुनै एक विभागको इन्चार्ज खोजेकी थिएन् ।

तर उनको माग अध्यक्ष नेपालले पुरा गर्न आनाकानी गरेका छन् । उनले एक व्यक्ति एक जिम्मेवारीको नीति अनुसार उनलाई एउटा मात्र जिम्मेवारी दिएको बताएका छन् ।

जिम्मेवारी खोसिएपछि झाक्री अध्यक्ष नेपालसँग रुष्ट बनेकी छिन् । झाँक्रीसहित तीन मन्त्रीलाई पार्टीमा विभागीय जिम्मेवारीविहीन बनाइएको हो । अपानिमा संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले भने दोहारी जिम्मेवारी पाएका छन् ।

अरु तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकास मन्त्री झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारी विहीन भएका हुन् ।

पार्टीका पोलिटब्युरो सदस्य रहेका मन्त्री आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले पनि दोहोरो जिम्मेवारी पाएका छन् ।

उनले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् । सरकारमा काम गर्ने वातावरण राम्रो बनोस् भनेर तीन मन्त्रीलाई विभागीय जिम्मेवारी नदिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा