शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको गिनिज बुकबारे माधव नेपालले पनि मुख खोले !


  • बुधबार, कार्तिक १० २०७८
8.3K
SHARES

फाईल-तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ओलीले गफबाहेक विकासका अरु कुनै पनि काम नगरेको आरोप लगाए।

मंगलबार सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिने कुरा बताएका हुन्।

ओलिले काम केही नगरेको र झुठा र हसाउने काम मात्र गरेको उनको भनाइ छ। देशमा आफूहरूले विद्रोहको राँको बालेको दावी गर्दै नेपालले राँको लिएर हामी देश दौडाहामा लागेको बताए।

नेपालको राजनीतिक इतिहासमा अहिले विद्रोहको झिल्को बलेको छ। कम्युनिष्ट आन्दोलनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ। नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्नका लागि समाजवादी अगाडि बढेको छु, उनले भने। उनले समाजवादी पार्टीले क्रान्तिकारी विरासतलाई बोकेको दावी गरेका छन्।

उनले पुराना पिंढीका मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित र सिद्धिलाल सिंह लगायतका नेताहरुको विचार र आर्दश बोकेका नेता आफूसँग भएको दावी गरेका छन्।

दुई तिहाई बहुमत भएको पार्टीलाई केपी ओलीले विभाजनको दिशामा लगेको नेपालले आरोप लगाए। ुपहिले माओवादी पार्टीलाई अलग पारेर पछि हामीलाई पनि घोक्र्याएर पार्टीबाट निकाल्नुभयो।

आत्मसमपर्ण गरौंला, टाँगमुनि छिरौंला भन्ने उहाँले सोच्नु भएको थियोु, उनले भने, हामी सम्माजनक एकताको पक्षमा थियौं। तर, केपी ओलीको रबैयामा कुनै सुधार भएन्। उहाँले नीतिभन्दा नेता ठूलो भन्ने मान्यता बोक्नु भयो।

आफूहरुले नेताभन्दा नीति, पार्टी र विधिलाई मान्यता दिएको उनले बताए। उनले ओलीले पार्टी नेताका इशारामा चल्ने संस्था ठानेको बताउँदै भने, दक्षिणपन्थी शक्तिसँग साठगाँठ गर्नुभयो।

हामीले बामपन्थी र लोकतान्त्रिक शक्तिसँग एकता गर्यौं। ओली संविधानको हत्या गर्ने कार्यमा जुट्नु भयो। हामी संविधान बचाउने काममा जुट्यौं। हामीले देशभक्तिको झण्डा बुलन्द गर्यौं।

उहाँले आत्मसमपर्ण र लम्पसारवादको नीति अपनाउनु भयो।भष्ट्रचार र सबै खालका अनुचित कार्यहरु गरेर सरकार संचालन गर्नुभयो।, नेपालले अर्को प्रसंगमा केपी ओलीको पार्टीसँग कुनै एकता नहुने दावीसमेत गरे। लोकतान्त्रिक मूल्य र मान्यता बोकेका पार्टीसँग अगामी चुनावी एकता हुन सक्छ। तर, केपी ओलीसँग कुनै पनि हालतमा एकता हुँदैन भनेर पार्टीका कार्यकर्तालाई आश्वासत समेत पारे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा