शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा घोषणा


  • बुधबार, कार्तिक १० २०७८
8.6K
SHARES

अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरिन् ।

उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।

शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उनले विश्वासको मत नलिई पदबाट राजीनामा दिएकी हुन् ।

प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा