आफ्नो राजीनामा माग गर्दै न्यायाधीशहरूले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफू भने इजलासमा बसेका छन् । उनी काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने स्टाईलमा आफ्नो काममा फर्केका छन् ।
जबराले बुधवार संवैधानिक र आफ्नो एकलसहित १२ वटा इजलास गठन गरेका थिए । अरू इजलासका न्यायाधीश नआए पनि जबराले एकल इजलास राखेका छन् र अदालतको अवहेलना, बन्दी प्रत्यक्षीकरण र कालोबजारी तथा अन्य केही कसुर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् ।
उनले सोमबार र मंगलबार अरु न्यायाधीशहरूको इजलास राखे पनि आफ्ना राखेका थिएनन् । तर न्यायाधीशहरूले मुद्दा नहेरेपछि बुधबार आफ्नो एकल इजलास राखेर मुद्दा हेर्दै अरुमाथि दबाब बढाउने प्रयास गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।