नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओली लाई पार्टीमा आफूलाई सबैले महाराजा मान्नु पर्छ भन्ने लाइनमा हिड्न खोजेको अरोप लाग्न सुरु भएको छ ।
एमालेबाट फुटेर बनेको माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले त सार्बजनिक रूपमै ओली तानासाही भएरै पार्टी बाट अलग हुनु परेको आरोप लगाएका छन् ।
अहिले एमाले पार्टी महाधिवेशनमा लागिरहेको बेला राजनितिका जानकारहरू पनि केपी ओलीमा अहङ्कार देखिन थालेको र पार्टीमा सबैभन्दा शक्तिशाली आफू मात्रै हुनुपर्ने लाइनमा देखिन थालेको बताउन थालेका छन् ।
राजनीतिक विश्लेषक नारायण ढकालका अनुसार एमाले अधिवेशनमा लोकतान्त्रिक अभ्यास नभएको टिप्पणी गर्छन् । तत्कालीन महासचिव मदन भण्डारीको अभ्यास एमाले अध्यक्ष ओलीलाई मन नपरेको उनको विश्लेषण छ ।
मदन भण्डारीले महासचिव भएर पार्टीको नेतृत्व गरेको बेला प्रजातान्त्रिक अभ्यास होस् भनेर तलैदेखि छलफल गर्ने, आफूलाई मन परेको व्यक्तिलाई मत दिएर नेतृत्व चयन गर्ने वातावरण बनाएका थिए । ढकालको विश्लेषण छ, “तर त्यो कुरा अध्यक्ष ओलीलाई मन परेन । पार्टीभित्र फरक किसिमको विचार राख्नेहरुलाई हटाउँदै जाने लाइनमा ओली देखिन्छन । त्यही मान्यता अधिवेशनमा देखिन्छ ।
ओलीले मंगलबार पार्टी कार्यालयबाट पालिका अधिवेशनको उद्घाटन गर्दै लोकतान्त्रिक अभ्यास गर्न र अस्वस्थ प्रतिस्पर्धा भने नगर्न आग्रह गरे ।
पार्टीमा अनुशासहीन गतिविधि नगर्न चेतावनी पनि दिए । तर स्वयम ओली भने पार्टीमा आफैमात्र सर्बै सर्ब बन्नचाहेको अरोप उनलाई लाग्न सुरु भएको छ ।
ओलीमा विगतका राजाहरुको जस्तो चरित्र झल्किन थालेको आम सर्बसाधरणको बुझाई छ । विधान महाधिवेशनमा होर्डिङ बोर्डमा चित्रहरु, सडकमा राखेर एमालेमा आफु भन्दा ठुलो कोहि छैन भन्ने सन्देश ओलीले दिन चाहेको बुझाई छ ।