नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ओलीको पक्षमा देशव्यापी उत्साह देखिएकोले बिगत २०७४ को चुनावमा भन्दा राम्रो परिणाम आउने दाबी गरेका छन् ।
उपमहासचिव विष्णु पौडेलले एमालेका पक्षमा उत्साह जागेकोले २०७४ को निर्वाचन भन्दा राम्रो परिणाम आउने बताएका छन् ।
उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनबाट एमाले फेरि पनि मुलुकको सबभन्दा ठूलो शक्ति भएर उदाउने र एक्लै बहुमतको सरकार बनाउने दाबी गरेका छन्।
निर्वाचन जित्न एमालेलाई कसैको वैशाखी नचाहिने भन्दै उनले निर्वाचनमा अहिलेको गठबन्धन मिलेर चुनाव लडे पनि उनीहरूमा एमालेलाई पराजित गर्ने ताकत नभएको दाबी गरे।
नेकपा एमाले महासचिव ईश्वर पोखरेल पनि एमालेको पक्षमा देशव्यापी उत्साह आएको बताएका छन् । नेकपा एमाले टोखा नगरपालिकाको अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले समेत यस्तो बताएका हुन् ।
उनले सबै प्रतिगामी षडयन्त्रलाई चिर्दै एमालेले जनताको हितमा काम गर्ने गरी राम्रो परिणाम ल्याउने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।