शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

केपी ओलीको पनि कामभन्दा बढी तामझाम, पानी जहाज र रेल सबै हावादारी भाषण मात्रै बने

प्रचण्ड र माधव नेपालको आलोचनामा मात्र समय खर्चिएर पतन भएको दुई तिहाँई नजिकको ओली सरकार


  • मंगलबार, कार्तिक ९ २०७८
9.9K
SHARES

फाइल तस्विर

एमाले अध्यक्ष केपी ओली भाषण गर्न माहिर नेताका रूपमा चिनिन्छन् । बाम गठबन्धन गरेर नेकपालाई मुलुकको सबैभन्दा ठुलो दल बनाएर दुई तिहाइ नजिकको सरकारको नेतृत्व गरेर सत्तामा सफर गरेका ओलीको सत्ता, नेकपा फुटमा पुगेर  ढल्न पुग्यो ।

बाम गठबन्धनको बलमा चुनाव जितेर उदाएका थिए एमाले अध्यक्ष ओली । माओवादी केन्द्र र तत्कालीन एमाले पार्टी एक बनाएर चुनावमा होमिएर चुनाव सिंगोे पार्टीलाई दुई तिहाइ नजिक पुर्‍याएर प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री भएको कार्यकाल पनि कामभन्दा बढी तामझाममा रमाउने मात्रै देखिन पुगेको जनकारहरू बताउँछन् । तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालको साढे तीन वर्षमा सरकारका कार्यक्रम जति प्रचारात्मक देखिए, त्यति परिणाममुखी पटक्कै नभएको राजनीतिका पण्डितहरू बताउने गर्छन् ।

ओलीले आफ्नू कार्यकालमा प्रतिनिधि सभा दुई दुई पटक विघटन गरे । प्रतिनिधिसभा विघटन पश्चात् प्रधानमन्त्री ओलीका भाषण प्रचण्ड र माधव नेपाललाई आलोचना गर्नमा समय खर्चिने गरेका छन् । काम गर्न नदिँदा नदिदै पनि  प्रधानमन्त्री भएका बेला राम्रो काम गरेको दाबी गर्छन्।

ओली प्रचण्ड र माधवकुमार नेपालको निर्मम आलोचना हरेक आफ्ना भाषणमा गर्दै आएका छन् । प्रधानमन्त्री भएको बखतमा  आफूले रामराज्य चलाएको दाबी गर्न ओली पछि परेका छैनन् ।

तर यथार्थ फरक छ । ओलीले देखाएका सपना जति थिए उनले उनको कार्यकालमा पुरा गर्न सकेनन् । रेल र पानी जहाजका कुरा हावादारी भाषणमा मात्रै सीमित हुन पुग्यो ।

अहिले ओली प्रमुख प्रतिपक्षी नेताको हैसियतमा झरेका छन् । उनको सत्ता ढलेर तत्कालीन नेकपा अस्तित्वमा छैन । एमाले र माओवादी केन्द्र अलग भएका छन् ।

ओली नेतृत्वको एमाले पनि माधव नेपाल नेतृत्वमा अलग भएर अक्रो पार्टी बनेको अवस्था छ । तर अझै ओली मेरो पालामा मैले सबैभन्दा राम्रो काम गरेको थिए भन्ने रटान लाउन छोडेका छैनन् ।

ओलीले राम्रो काम गरेको मान्ने हो भने तत्तकालिन ओली सरकारको कार्यसम्पादन मूल्याङ्कनको आधार तत्कालीन एमाले माओवादी केन्द्र गठबन्धनको चुनावी घोषणापत्र हो । तर त्यो घोषण पत्र अनुसार काम हुन नसकेको ओलीकै पार्टीका नेताहरू दाबी गर्छन् ।

तत्कालीन अवस्थामा ओलीद्वारा पटक पटक प्रस्फुटित केरुङबाट झर्ने  रेल, हिन्द महासागरमा नेपाली राष्ट्रिय ध्वजा फहराउँदै चल्ने पानीजहाज, गङ्गा नदीसँग जोड्ने जलमार्ग  ओलीका हावा भाषणमा मात्र सीमित भएको सर्वसाधारणको भनाई छ ।

ओली प्रधानमन्त्री भएका बखत ओलीले आफूले गरेका  वाचा पुरा गर्न सकेनन् । विगतका ओलीका भाषण रेल र पानी जहाज घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउने भाषण पत्याउने  हो भने सबै हावादारी गफ भएको आभास जनताले गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा