शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्ड आगामी चुनावमा हामी एक नम्बर हुन्छौ भन्छन्, पत्याउने कि नपत्याउने ?


  • मंगलबार, कार्तिक ९ २०७८
8.9K
SHARES

फाईल तस्बिर

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई देशको एक नम्बर पार्टी बनाउने पटक पटक बताउँदै आएका छन् । देश दुर्घटनामा जाने स्थिति भएको विभिन्न कार्यक्रमहरूमा बताउँदै माओवादी केन्द्रबाहेक अरूको विकल्प नै नभएको बताउने गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेकपा विभाजन भएको बताउने गरेका प्रचण्ड आगामी चुनावमा माओवादी केन्द्र एक नम्बरमा आउनु पर्ने दबी गर्छन् । तर जनता सामु पत्याउने आधार भने उनले दिन सकेका छैनन् ।

अक्रो पनि प्रचण्डको दाबी छ ,माओवादी केन्द्र देशको पहिलो पार्टी बन्ने र सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू बिच एकताको पहल गर्ने अध्यक्ष प्रचण्डले दाबी गर्दै आएका छन् । प्रचण्ड नेतृत्वको पार्टी एक नम्बर बन्ने नबन्ने त चुनावले बताउने छ तर प्रचण्डको दाबी भने एक नम्बर पार्टी नै बन्ने भन्दै सर्बजनिक रूपमै भाषण गरेको सुन्न पाइन्छ ।

२०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका प्रचण्ड बाट धेरै जनताले आस गरेका थिए तर जन भावना अनुरूप प्रचण्डले काम गर्न भने नसकेको जनगुनासा प्रशस्तै सुन्न पाइन्छ ।

२०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए पछि जनताले धेरै आस गरेका थिए तर प्रचण्ड ९ महिनामै सत्ताबाट बाहिरिए ।

पुन प्रधानमन्त्री भए पनि जनताको मन जित्न नसकेको राजनीतिका जानकारहरू बत्ताउँछन् । राजनीतिका विश्लेषकहरूका अनुसार प्रचण्डले जनताको भावना नबुझेका कारण अहिले दिनानुदिन सत्ताकै फेरिफेरी रहे पनि अनपपुलर हुँदै गएको बताउछन् । आगामी चुनावमा एक नम्बर पार्टी बनाउछु भने पनि यो पत्याउन नसकिने समेत जनकारहरुको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा