नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आगामी निर्वाचन नलड्ने र समानुपातिकको कोटाबाट सांसद बनने ठोकेवा गरेका छन३ ।
ओलीले माधव नेपाल आगामी निर्वाचन हार्ने डरले प्रत्यक्षबाट चुनाव नलड्ने दाबी गरेका हुन् । अध्यक्ष ओलीले नेपाल समानुपातिकमा बस्ने ठोकुवा गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जितेर देखाउन च्यालेन्ज गरेका छन्।
आफूहरुसँग टाँसिएर प्रचण्डले चुनाव जितेको बताउँदै अध्यक्ष ओलीले भने, ‘प्रचण्डको फूर्ति हामीले बनाइदिएको हो, हामीबिना चुनाव जितेर देखावस त ?’ केही सांसदहरूको दम्भमा मोर्चा बनाएको भन्दै ओलीले सरकार बन्ने तीन महिना लगाउनेलाई आगामी चुनावमा कसैले मत नदिने बताए।
‘मोर्चा विनाशकारी तत्त्व हो। यिनीहरू विध्वंशकारी तत्त्व हुन्, भड्काउने तत्त्व हुन्, अस्थिरता निम्ताउने तत्त्व हुन, स्थिरता ल्याउने तत्त्व होइन,’ उनले भने, ‘अब यिनलाई कसले भोट दिन्छ, जाउन् अदालत परमादेश ल्याउन आओस्, हामी कहाँ किन आउनु प¥यो।’
नेकपा एमाले देशकै ठूलो पार्टी भएको दाबी गर्दै उनले अरु पार्टीभन्दा नेकपा एमाले एक दिशामा हिँडेको, एउटा गन्तव्य, नीति, कार्यक्रममा लागि योजना तथा लक्ष्य बोकेको पार्टी भएको बताए।
एमाले पार्टी बिग्रिएका तत्त्वहरूलाई थुपारेर अघि बढ्ने पार्टी हो। ‘माधव नेपालबाहेक अरू साथीहरु पार्टीमा फर्किए हुन्छ, भ्रममा नपर्नुहोस्,’ उनले भने, ‘तर माधव नेपालजस्ता अपराधी तत्त्वलाई फेरि एमालेले लिँदैन।’
कार्यक्रममा स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साहलगायतको उपस्थिती थियो। सो कार्यक्रममा माओवादी पार्टी परित्याग गरी झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईलगायत हजाररैं कार्यकर्ता एमाले प्रवेश गरेका थिए। प्रसाई एमालेको विधान महाधिवेशनमा पनि सहभागि थिए । औपचारिक रुपमा एमालेमा प्रवेश गरेका हुन् ।