आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

कहिले हुन्छ स्थानीय तहको निर्वाचन ? यस्तो भन्छ निर्वाचन आयोग


  • मंगलबार, कार्तिक ९ २०७८
14.7K
SHARES

फाइल तस्विर

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गृहकार्य सुरु गरेको छ । २०७४ बैशाख र जेठमा भएको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुको कार्यकाल सकिन केही महिना मात्र बाँकी रहदा निर्वाचन आयोग तातेको छ ।

आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो ।

स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ ।

स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन । त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त रहेका प्रतिनिधिसभा र पदेशसभामा तत्काल उपनिर्वाचन गर्नेगरी तयारी थालेका छन् ।

त्यस्ते, राष्ट्रियसभा सदस्यको निर्वाचनको पनि मिति सरकारले छिट्टै तोक्ने बताएका छन् । सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका छन् ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा