नेपालका हरेक नागरिकको थाप्लोमा ५७ हजार रुपैयाँ ऋणको भार परेको छ । गणतन्त्र आएपछि नेपालमा धेरै सरकार फेरिए । तर जनताको स्तर सुधार हुन सकिरहेको छैन । जनताको बुझाईमा गणतान्त्रिक नेपालका नेताहरूले काम भनेजस्तो नगरेकै कारण रिनको भार जनताको टाउकोमा आइपरेको बुझाई छ ।
उद्योग कलकारखाना खुल्न सकेका छैनन् । राजनीतिक व्यवस्था समेत स्थिर नभएको जनताको आरोप छ । अस्थिर राजनीतिका बिच डोनेसनका भरमा मुलुक चलेको छ ।
सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ।
यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय ८३ रुपैयाँ पर्न आउँछ।
केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या ३ करोड ५ लाख २ हजार ५ सय ८५ पुगेको छ। भूकम्पपछि ऋणको ग्राफ बढेको देखिएको छ। ठूला आयोजना बनाउन ऋण लिने गरिए पनि उद्देश्यअनुसार खर्च हुन नसकेको विज्ञ बताउँछन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।