शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

नेपाल–भारत सम्बन्ध सुदृढ भए मात्रै नेपालमा राजनीतिक स्थायित्व सम्भव छ : प्रचण्ड


  • सोमबार, कार्तिक ८ २०७८
11.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताएका छन् । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै नेपालको विकासका लागि सम्बन्ध सुदृढ गरेरमात्रै सम्भव हुने बताएका हुन् ।

नेपाल भारत सम्बन्धका आयाम धेरै छन् भन्ने कुरा हामी सवैले महशुस गर्छौँ । नेपाल भारत सम्बन्धलाई सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकासको वाताबरण बन्न सक्छ भन्ने कुरामा पनि हामी कसैमा दुविधा छैन’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तर त्यसो गर्दा हामीले आजको २१ शताब्दीको विकासको स्थिति र त्यसले पैदा गरेको मनोविज्ञान र दुवै देशको चासोहरु के हुन् ? त्यो बुझ्नुपर्छ ।’

उनले भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने बताए । ‘भारतीय नेतृत्व र बुद्धिजीवीहरुले बुद्ध नेपालमा जन्मेका हु्न भन्दा खुसी हुनुपर्यो भने नेपाली पक्षले बुद्धले बुद्धत्व भारतमा प्राप्त गरेका हुन् भन्ने मनोविज्ञानको विश्लेषण गर्नुपर्यो’, प्रचण्डको भनाइ छ । उनले त्यसरी विश्लेषण गर्न सके नेपाल भारतबीचका सीमा लगायतका समस्या समाधान गर्न सकिने भन्दै उदार मनसहित त्यसो गर्न सके सीमा लगायतका समस्या समाधान गर्न सकिने समेत बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा