जेठानलाई मन्त्री बनाएको विषयमा नमज्जाले मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिका विवादमा परे सँगै सर्वोच्च अदालतमा राजनीति मडारिएको अभास आम सर्वसाधारणले गर्न थालेका छन् ।
राजनीतिक भागबन्डा खोजेको आरोपमा नैतिक प्रश्नले बेरिएका राणालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न चौतर्फी दबाब बढिरहेको छ ।
नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रको राजीनामा गरेर मार्ग प्रशस्त गर्नु पर्ने सङ्केत गरिसकेको छ । प्रधानन्यायाधीशका कारण न्याय प्रणालीमानै राजनीति मडारिएको स्पष्टै जनताले महसुस गर्न थालेका छन् ।
बारले औपचारिक रूपमै राणाको राजीनामा मागे पछि यो विषय झनै पेचिलो बनेको छ । यता सर्वोच्चका १४ जना न्यायाधिश हरुले पनि राणाले मार्ग प्रशस्त गर्नु पर्ने सङ्केत सहित आजको इजलास बस्न नसक्नुले झनै प्रधानन्यायाधीश नैतिक सङ्कटमा परेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।