एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव कुनै पनि हालतमा नजित्ने बताएका छन् ।
एमाले अध्यक्ष ओलीले आफ्नो सहयोगमा सूर्य चिन्हमा चुनाव जितेका सांसद सङ्ख्या गनेर माधव नेपाल र प्रचण्डले फुर्ती गरेको तर्फ सङ्केत गर्दै आगामी चुनाव नजित्ने ओलीको भनाई थियो ।
‘जुँगामा त आफ्नो पो ताउ लगाउनुपर्छ। अर्काले टाँसिदिएको जुँगा। हामीले टाँसिदिएका सांसदमा जुन फुर्ती फार्ती गर्दै छन्। २० २२ जना होलान्। त्यो हामीले टाँसिदिएको हो उनले भने, प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो। प्रचण्डले अब जितेर देखाउन् त भन्दै ओलीले कुनै हालतमा नेपाल र दाहालले चुनाव नजित्ने समेत बताएका छन् ।
चुनावमा नउठी नेपाल समानुपातिकमा बस्ने र त्यसमा पनि मत नआउने उनले तर्क गरेका थिए। उनले दुवै नेतालाई चुनाव जितेर देखाउन चुनौती समेत कडा रूपमा दिएका छन् ।
माधव नेपाल अब चुनाव लड्छन् भन्दै हुनुहुन्छ होला तर माधव नेपाल चुनाव लड्दैनन्। समानुपातिकमा बस्छन् । आउला र खाउँला भनेर । त्यो हुनेवाला छैन अब माधव नेपाल जस्ता मान्छेलाई जनताले पत्ता साफ गरिदिनेवाला छन् ।
ओलीले अरू नेताहरूलाई एमालेमै फर्किन आग्रह समेत गरेका थिए। यद्यपि माधव नेपाललाई भने एमालेमा कुनै पनि हालतमा स्वीकार नगर्ने ओलीको तर्क थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।