शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भिम रावलको १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा की  घुर्कीनामा ?


  • सोमबार, कार्तिक ८ २०७८
4.9K
SHARES

फाइल तस्विर

१० बुँदे सहमति कार्यान्वयनलाई लिएर कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् ।

माधव नेपाल एमालेमै रहँदा नेपाल खेमामा रहेर ओली उपर खनिने रावलले संसद् पदबाट समेत राजीनामा दिएर फिर्ता लिएका नेता हुन् ।

माधव नेपाल खेमामा रहेर ओली विरुद्ध खनिने रावल फेरी दश बुधे कार्यान्वयन नभएको निचोडमा पुग्दै दश बुधे कार्यदलको संयोजकबाट समेत राजीनामा घोषणा गरी सकेका छन् । रावलको राजीनामालाई लिएर आम सर्वसाधारणले भने मिम रावलले घुर्की देखाएको समेत भन्न भ्याएका छन् ।

रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए ।

अस्ति मैले त्यहाँ राजीनामा मौखिक त दिइसकें यसको ब्यहोरा म लेखेर पठाउँछु भनेको थिएँ, अब त्यो दिन्छु होला’ उनले भने, ‘पदको दृष्टिकोणबाट मैले हेरेको छैन, पार्टीको प्रणाली विधि र लोकतान्त्रिक मान्यता हेर्छु राजीनामाको कुरा पनि त्यसैगरी आएको हो ।’

गत भदौ २६ मा पार्टी एकताका लागि भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्न नचाहेको भन्दै रावलले शुक्रबारको स्थायी कमिटीको बैठकमा कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए ।

ओलीले भने १० सहमति कार्यान्वयन हुने बताएका छन् । पार्टी ०७६ जेठ २ अघि फर्किने अवस्था आउँदा रावल सुदुरपश्चिम प्रदेशको इन्चार्ज हुन्छन् । तर पार्टी अध्यक्ष ओली रावललाई त्यो जिम्मेवारीमा फर्काउन तयार छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा