शनिबार, साउन ३० २०८३
ताजा अपडेट

७६ मा किनेर १३० मा बेचिरहँदा पनि नेपाल आयल निगम सधैँ घाटामा किन ?


  • सोमबार, कार्तिक ८ २०७८
14.4K
SHARES

नेपाल आयल निगम निरन्तर घाटामा गएको रटान रटिइरहन्छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको वृद्धि र डलरले निगमलाई साढे तीन महिनामै आठ अर्ब ८९ करोड घाटा भएको समाचार बाहिरिएका छन्।

आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मटितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ९६१.८८ रुपैयाँ लागत पर्ने देखिएको छ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। यसअनुसार प्रतिलिटर पेट्रोलको १३० रुपैयाँ, डिजेल र मटितेलको ११३ रुपैयाँ, आन्तरिक हवाई इन्धनको ८६ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार ४५० रुपैयाँ तोकिएको छ । उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मटितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य थप बढ्ने क्रममा छ । वृद्धि रफ्तारमा बढिरहे सञ्चित मुनाफाले दुई महिना पनि धान्दैन,’ ‘त्यसपछि ऋण लिएर आपूर्ति व्यवस्था मिलाउनुपर्ने अबस्था निगमको छ ।’

निगमले भारतीय आयल कर्पोरेसन आईओसी बाट इन्धन आयात गरेर बिक्री गर्दै आएको छ । पछिल्लो पटक आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । खरिद मूल्यमा अत्यधिक कर जोडिँदा सर्वसाधारणलाई मार परिरहेको छ । निगम पनि नोक्सानमा गइरहेको छ ।

घाटा यस्तै रहे संस्थान सञ्चालन गर्न नसक्ने अबस्थामा निगम छ । ।’ यसअघि निगम २०५९ र ६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो । त्यसयता निगम निरन्तर घाटामा थियो । २०६५ र ६६ सालमा भने निगमको नाफामा ३ अर्ब ११ करोड रुपैयाँ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा