शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादीमा पहिरो, दुई सय वाइसियल विप्लवको युवा संगठनमा प्रबेश


  • सोमबार, कार्तिक ८ २०७८
13K
SHARES

दाङ – नेकपा माओवादी केन्द्रमा फेरी पहिरो गएको छ ।

दाङमा रहेका वाइसियलका कार्यकर्ताहरु नेकपा कम्युनिस्ट पार्टी निकट युवा सुंगठनमा प्रबेश गरेपछि माओवादीमा पहिरो गएको हो ।

तुलसीपुर उप–महानगरपालिका –३ गहतेस्थित सालघारी टोल बिकास समितिका सम्पूर्ण युवाहरू नेकपा निकट युवा सङ्गठनमा संगठित भएका छन् ।

उनीहरुलाई नेकपा तुलसीपुर उप–महानगरपालिका–३ नं. वडा कमिटीमा समावेश गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठनका अध्यक्ष डम्बर नेपालीको अध्यक्षता एवम् युवा सङ्गठनका जिल्ला सचिव सुदर्शनको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर –३ का वडा सेक्रेटरी बालकृष्ण खरेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० युवाहरू सङ्गठनमा समाहित भएका छन् ।

उक्त कार्यक्रममा जनपत्रकार सङ्गठनका सह–सचिव दोर्ण केसी लगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रमले केशव धर्तीको अध्यक्षतामा पछि थप गर्ने गरि २०० सदस्यीय युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिका –३ गहतेस्थित सालघारी टोल बिकास संस्था बिस्मुरे सेल कमिटी गठन गरेको छ ।

कार्यक्रमको सहजीकरण युवा सङ्गठनका अध्यक्ष डम्बर नेपालीले गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा