शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गगन थापाका कारण प्रचण्डलाई तनाव


  • सोमबार, कार्तिक ८ २०७८
11.6K
SHARES

फाइल तस्विर

काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाका कारण नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई तनाव भएको छ ।

थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएपछि प्रचण्डलाई तनाव भएको हो ।

आईतबार धादिङमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले धेरै क्षति व्यहोरेको बताउँदै चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताएका छन् ।

थापाले भने, ‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं । हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर आएको छ ।’

नेता थापाले स्थानीय कार्यसमितिले नै तल्लो तहमा तालमेल गर्ने सहमति गरिएमा भने मान्यता प्राप्त हुनसक्ने बताए ।

उनले भने, ‘तल्लो तहमा हामी मिलेर चुनाव लड्छौं भन्ने कुरा भयो भने त्यसलाई सदासयताका रूपमा लिने एउटा कुरा हो । पार्टीले माथिबाट चुनावमा गठबन्धन गरेर जाँदैन । चुनावमा गठबन्धन गर्ने कांग्रेसको चरित्र नै होइन, चितवनमा हामीले देखिसक्यौं ।’

आसन्न चुनावका लागि ६ महिना समय भएकाले कसलाई कहाँ खटाउने हो भनेर आजदेखि नै तयारी थाल्न थापाले कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले विभाजित भएकाले अलमल परेका कार्यकर्ता तान्न पनि थापाले निर्देशन दिएका छन् ।

आगामी बैशाखमा स्थानीय निर्वाचन हुने भएकाले केन्द्रित भएर कार्यतालिका बनाउन तथा साना–साना कुरामा ध्यान पुर्‍याउन सचेत थापाले सुझाव दिए । महाधिवेशनपश्चात् मात्रै निर्वाचन हुनेप्रति थापाले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका छन् ।

थापाले भने, ‘संविधानले साढे ५ वर्षभन्दा अवधि दिएको छैन, तपाईंहरू अलमल पर्नुपर्दैन । भदौमा महाधिवेशन प्रक्रिया सुरू गरेकाले र कोभिड पनि भएकाले निर्वाचन आयोगलाई अनुरोधपश्चात् अवधि उपलब्ध भएको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा