एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य मेटमणी चौधरीले केपी ओली नेतृत्वको एमाले पार्टी स्वस्थानीमा महादेवले बोकेको सतिदेवीको लास जस्तै भएको दाबी गरेका छन् । उनले एमाले नाम गरेको पार्टी खरानी बनेर सकिने समेत जिकिर गरेका छन् ।
माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले दाङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने क्रममा नेता चौधरीले स्वस्थानीको कथामा सतीदेवीको लास कुहिएर विभिन्न भागमा खसेर सक्किए जस्तै एमाले नाम गरेको पार्टी नामो निसाना नरहने गरी सकिएर जाने बताएका छन् ।
मुलुकबाटै एमाले भन्ने पार्टी नरहने समेत उनको दाबी थियो । एमाले नाम धारीहरूमा पहिरो जाने क्रम जारी रहेको जिकिर गर्दै उनले केपी ओलीले नेतृत्व गरेको पार्टी खरानी हुने सङ्केत गरेका छन् । उनले भनेका छन् एमाले नाम गरेको पार्टी आगामी चुनाव बाट मुलुकमा अस्तित्वमै रहने छैन ।
माधव नेपाल नेतृत्वको समाजवादी पार्टीको शुभकामना आदान प्रदान कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला, केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत बिश्वासी, पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतको उपस्थिति थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।