शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

माधव नेपाल बाहेक अरू लाई एमालेमा आम माफी हुन्छ, आजै फर्कनुहोस् : ओली


  • आइतबार, कार्तिक ७ २०७८
9.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गएका नेता कार्यकर्तालाई एमालेमा फर्किएर काम गर्न आग्रह गरेका छन् ।

आज झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेता नेपाललाई भने एमालेले नलिने बताए ।

“माधव नेपालबाहेक अरू पार्टीमा फर्किए हुन्छ । माधव नेपालजस्ता अपराधी तत्वलाई फेरि नेकपा एमालेले लिदैन । यो पार्टी भनेको देश बनाउन हिँडेका साथीहरूको पार्टी हो,” ओलीले भने, “माधव नेपाल जस्ता देशी विदेशी तत्वहरुको सेवामा, उनीहरूसँग साँठगाँठ गरेर, कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेहरूका लागि यो पार्टीले लिँदैन ।”

उनले अझै पनि नेता नेपालसँग ‘के पछि लागेको’ भन्दै प्रश्न गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा