काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९ मा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ ।
आइतबार वडा कार्यालयमा ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क ९ मा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो ।

६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई सरकारले आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागेको छ । सोही अन्तर्गत महांकाल स्वास्थ्य चौकी, बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९ मा पनि भिटामिन ‘ए’ औषधि खुवाइएको स्वास्थ्य स्वयमसेवीका कमला ढकाल अधिकारीले केटिएम खबरलाई बताइन् ।

सुमित्रा त्रिपाठी, जीवन खतिवडा र मुना अधिकारीले संयोजनमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो । स्वास्थ्य स्वयमसेवी कमला ढकाल अधिकारी, लक्ष्मी खतिवडा र सकुन्तला सापकोटाले बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाएका थिए ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियान अन्र्तगत १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइदै छ ।



खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।