शनिबार, साउन ३० २०८३
ताजा अपडेट

हेरिराख्नुस्, मेरो छोरोले पाँच वर्ष एकलौटी सरकार चलाउँछ : केपी ओलीका बुवा मोहनप्रसाद


  • आइतबार, कार्तिक ७ २०७८
10K
SHARES

फाइल तस्वि

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् ।

गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेका थिए । छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे ।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएकाे पनि बताए ।

उनका अनुसार ओलीलाई जनताले फेरि सत्तामा पुर्‍याउछन् र पाँच वर्ष सरकार चलाउछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा