शनिबार, साउन ३० २०८३
ताजा अपडेट

२०४१ सालमा श्रीमतीको निधन भएपछि ससुराली आउजाउ छैन, मैले गजेन्द्र हमाललाई मन्त्री बनाएको हैन : प्रधानन्यायाधीश


  • आइतबार, कार्तिक ७ २०७८
10.4K
SHARES

फाईल तस्बिर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

नेपाल बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीशसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

“गजेन्द्रलाई मन्त्री बनाउने विषयमा मेरो संलग्नता छैन । मैले विहे गरी श्रीमती २०४१ सालमा नै बितेकी हुन् । त्यसपछि मेरो ससुराली आउजाउ छैन ।

उहाँसँगको साइनो पनि त्यस्तो हो । तर गजेन्द्रसँग मेरो नाम जोडिएपछि उहाँलाई मन्त्री नबनाइदिनुस् भनेर प्रधानमन्त्रीलाई मैले भनेको हुँ तर सुनुवाइ भएन । उहाँ मन्त्री बन्नुभयो आलोचना भएपछि राजीनामा पनि दिनुभयो । त्यसमा मेरो कुनै संलग्नता छैन,” उनको भनाइ उद्धृत गर्दै पाैडेलले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा