शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मदन भण्डारीका हत्यारा केपी ओलीले लुकाएका हुन : जगन्नाथ खतिवडा


  • आइतबार, कार्तिक ७ २०७८
7.9K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन पार्टी महासचिव मदन भण्डारीका हत्यारा लुकाएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीको गृहजिल्ला झापामा शनिबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खतिवडाले भने, ‘मलाई के लाग्छ भने उहाँहरुले हत्याको योजना बनाउनुभयो पनि भन्दिन, हत्या गर्नुभयो पनि भन्दिन, तर हत्याराको प्रमाण लुकाउन उहाँहरु संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ’, खतिवडाले भने, ‘होइन भने उहाँहरुले छानविन गर्नुपर्दथ्यो, खोजी गर्नुपर्दथ्यो, त्यसका लागि योजना बनाउनुपर्थ्यो । यसकारण उहाँहरुले मदन भण्डारीको नाममात्र बेचिरहनुभएको छ ।’

नेता खतिवडाले मदन भण्डारी र नेता जीवराज आश्रितको हत्यापछि पार्टीले केपी ओलीको नेतृत्वमा बनाए एक सदस्यीय कार्यदलले प्रतिवेदन नै सार्वजनिक नगरेपछि हत्यामा कहिँकतै साजिस त छैन ? भन्ने बारम्बार लागेको बताए ।

‘म अनुसन्धानकर्ता होइन, तर त्यो एक सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन दुनियाँका लागि अगाडि ल्याउने  हिम्मत केपी ओलीले किन गरेनन् ? यो बडो प्रश्नवाचक बनेको छ यो तपाईँहरुले दुनियाँलाई सुनाइदिनुभए हुन्छ’, खतिवडाको प्रश्न छ ।

उनले दुई नेताको हत्यापछि सवैभन्दा सर्वाधिकार र शक्तिशाली केपी ओलीकै नेतृत्वमा सरकार बनेको र उसले जुनसुकै छानविन गर्न सक्ने भएपनि त्यसो नगरेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा