एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी रहेको बताउँदै एमालेले एकल बहुमत ल्याउने दाबी समेत गरेका छन् ।
शनिवार एमालेको वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट देशव्यापी रूपमा उद्घाटन गर्दै ओलीले पराजित भएका शक्तिहरू आफूहरूका विरुद्ध आइलाग्ने र त्यसको सामना गर्न एमाले एक्लै तयार रहेको समेत बताएका छन् ।
उनले भनेका छन् “हामीले एक्लै आगामी निर्वाचनमा हरेक तहमा सानदार ढङ्गले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौँ।”
उनले वर्तमान गठबन्धनलाई प्रतिक्रियावादी, प्रतिगामीको संज्ञा समेत दिएका थिए । ओलीले एमाले युगको अन्त्य भएको भन्ने हल्ला बलेँसीको पानीको फोका जस्तै भएको टिप्पणी गर्दै आगामी चुनावमा एमाले पहिलो पार्टी भएर आउने समेत बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।