शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

वाणिज्य बैङ्कहरूको ब्याजदर उच्च, सहकारीहरूको रुवाबासी !


  • आइतबार, कार्तिक ७ २०७८
11.1K
SHARES

फाइल तस्विर

वाणिज्य बैङ्कहरूले ब्याजदर बढाउन थालेका छन् । ब्याजदर बढाउन बैङ्कहरूले थालेपछि यति बेला सहकारी क्षेत्र नै तरङ्गित बन्न पुगेको छ ।

तरलता अभावको नाममा पछिल्लो समय वाणिज्य बैङ्कहरूले धमाधम आफूखुसी ब्याजदर तोक्न थलेका हुन ।
यसको डाइरेक्टर सङ्कट सहकारी क्षेत्रमा पर्न थालेको छ । सहकारीहरू भन्दा धेरै वाणिज्य बैँकहरुलेनै ब्याजदर धेरै दिन थालेपछि सहकारीहरूको रुवाबासी हुन थालेको एक जानकार बताउँछन् ।

बैङ्कहरूले सहकारी भन्दा अझ माथि उठेर निक्षेप तथा कर्जामा उच्च ब्याजदर अफर गर्न थालेपछि यसको सीधा मारमा सहकारी संस्थाहरू परेका छन् ।

अहिले पनि सहकारी संघ संस्थाहरूले (केही बाहेक) अधिकतम १० प्रतिशत ब्याजदरमा निक्षेप लिएर १४.५ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । तर, यता वाणिज्य बैंकहरूले नै निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म ब्याजदर अफर गर्न थालेका छन् । यसले सहकारी क्षेत्रलाई  सङ्कटमा धकेलेको छ ।

पछिल्लोपटक नियामक राष्ट्र बैंकले ब्याजदर नियन्त्रणमा १० प्रतिशतको घटबढको सीमा तोकिदिएपनि ब्याजदर वृद्धिको श्रृङ्खला रोकिएको छैन ।

चालू आर्थिक वर्ष २०७८ र ७९ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा र निक्षेप अनुपात सीडी रेसियोको सीमा ९० प्रतिशत तोकिदिएको छ । चालू वर्षको असार मसान्तसम्मसम्म सबै बैंक तथा वित्तीय संस्थाहरूले यो सीमा भेट्नुपर्छ । तर, यता बजारमा सोचेअनुसार निक्षेप सङ्कलन हुन सकिरहेको छैन ।

पछिल्ला दिनमा निक्षेप सङ्कलन तुलनामा कर्जाको माग झनै बढ्न थालेपछि बैंकहरू अत्ताल्लिएर ब्याजदर सहकारी भन्दा धेरै दिन थालेपछी सहकारीहरु मारमा परेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा