एजेन्सी – उदयमान शक्तिराष्ट्र चीनसँग जोरी खोज्दा अमेरिकालाई ठूलो धक्का लागेको छ । यसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई तनाव थपिएको छ ।
आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा चीन रुस लगायत शक्ति राष्ट्रहरुलाई काउन्टर दिन खोज्दा अमेरिकालाई गम्भीर धक्का लागेको हो ।
अमेरिका आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा असफल भएको छ ।
चीन र रुससँग हाइपरसोनिक मिसाइलको दौडमा रहेको अमेरिकालाई परीक्षण असफल भएबाट धक्का परेको सीएनएनले जनाएको छ ।
पेन्टागनले विज्ञप्ति नै जारी गरेर हाइपरसोनिक मिसाइलमा सफलता हासिल हुन नसकेको जनाएको छ । असफलतापछि अमेरिकी अधिकारीहरुले यसको समिक्षा गर्न थालेका छन् ।
चीन र रुसले हाइपरसोनिक मिसाइल बनाइरहेको खबरहरु सार्वजनिक भइरहेका छन् । चीनले हाइपरसोनिक ग्लाइड भेइकलको सफल परीक्षण गरिसकेको चर्चा छ ।
चीनले सफल परीक्षण गर्दा अमेरिका यो कदममा असफल भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन चिन्तित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फाइनानसियल टाइम्सले चीनले हाइपरसोनिक ग्लाइड भेइकलको सफल परीक्षण गरेको खबर प्रकाशित गरिसकेको छ ।
यद्यपि, चीनले यसलाई अस्वीकार गरेको छ ।