शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली सेनाले खोल्यो विज्ञापन, कुनकुन पदमा दिने आवेशदन ?


  • आइतबार, कार्तिक ७ २०७८
15K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाली सेनाले कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ । आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि विज्ञापन खोलेको हो ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ ।

सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ ।

आइतबार सेनाले निकालेको सूचनाअनुसार दरखास्त आह्वान भएका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गरिनेछ । सेनाले आज अर्थात कार्तिक ७ गते पहिलो पटक सूचना प्रकाशित गरेको हो ।

सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका देहायमा उल्लेखित पदहरु खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुलाई सम्पर्क गर्न भनेको छ ।

यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिन भित्र कार्यालय समयमा श्री सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा सम्बन्धित महाविद्यालय÷विद्यालयहरु तथा सैनिक अस्पतालहरुमा दरखास्त फाराम भर्न आव्हान गरेको जनाएको छ ।

हेर्नुहोस विज्ञापन:


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा