शनिबार, साउन ३० २०८३
ताजा अपडेट

जसपाको सिंङ्गो पार्टी कमिटी माओवादी केन्द्रमा प्रबेश, बाबुरामलाई तनाव


  • आइतबार, कार्तिक ७ २०७८
8.4K
SHARES

काठमाडौं – जनता समाजवादी पार्टीका चर्चित नेता माओवादी केन्द्रमा प्रबेश गरेका छन् । पार्टीका सिंङ्गा दुई कमिटी माओवादी केन्द्रमा विलय भएको छ ।

जसकानगर तथा क्षेत्रीय कमिटीहरु माओवादीमा विलय भएका हुन् । यो रौतहटको खबर हो ।

रौतहटस्थित क्षेत्र नम्बर ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसियाले नेतृत्व गरेको कमिटी र कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारले नेतृत्व गरेको कमिटी माओवादीमा प्रवेश गरेका हुन् ।

काठमाडौँस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर उनीहरू माओवादीमा प्रवेश गरेका हुन् ।

अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई टीका र माला लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए ।

जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार पनि प्रबेश गरेका छन् ।

भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू पनि माओवादीमा प्रवेश गरेपछि त्यहाँ जसपा खाली भएको छ ।

उनीहरुलाई माओवादीमा भित्र्याउने स्थानीय नेता नसरूदिन अन्सारीले जानकारी दिए ।

क्षेत्रीय अध्यक्ष रामाकान्त चौरसिया द्वन्द्वकालमा रौतहट क्षेत्र ३ स्थित माओवादीको एरिया कमान्डर रहेर लामो समय काम गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा