पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिप लाइनमा सरर भएका समाचार बाहिरिएका छन् । धुलिखेल पुगेर प्रचण्ड जिप लाइनमा चढेका हुन।
शुक्रवार पारिवारिक भ्रमणका रहेका प्रचण्डले जिप लाइन खेलेर मज्जा लिएका हुन । प्रचण्ड दश बर्से युद्धका नेतृत्वकर्ता र वर्तमान राजनीतिका खेलाडी समेत हुन । प्रचण्ड सँग जनयुद्धका कयौँ घाइते र आम नेपाली जनताको आसा र भरोसा जोडिएको छ । र अझै जोडिने छ ।
प्रचण्ड जिप लाइनमा सरर भई रहँदा जनयुद्धका घाइते हरूको दुखेसो छ । दश बर्से युद्धमा प्रचण्डको योजना अनुसार होमिएर ज्यु ज्यान गुमाइयो तर अहिले प्रचण्ड मोज मस्तीमा देखिएर युद्धका घाइते र आम जनताको आशामा तुसारापात गरेको आम सर्वसाधारणको बुझाई छ ।
विभिन्न सामाजिक सञ्जालमा प्रचण्ड उपर टिका टिप्पणी भएका थिए । कसैले सकारात्मक रुपमा उनको टिप्पणी गरेका थिए भने धेरैले प्रचण्डले मोज मस्तीमा समय निकाल्ने तर युद्धका घाइते र आम सर्वसाधारणको भावनामा खेलबाड गर्ने अधिकांशले टिप्पणी गर्न भ्याएका थिए ।
प्रचण्ड गणतन्त्रका सूत्रधार हुन । दश बर्से युद्धका नायक हुन । उनको हरेक गति विधि जनताले नियालेका हुन्छन् । उनी बाट जनताले आस गर्नु स्वभाबिक नै भयो ।
व्यक्तिगत कुरालाई लिएर नकारात्मक टिप्पणी गर्नु उचित नभए पनि युद्धका घाइते र आम सर्वसाधारणको आसा र भरोसालइ प्रचण्डले बुझ्नु पर्ने एक राजनीतिका जानकार बताउँछन् ।
प्रचण्ड ब्यक्ति मात्र हैनन् आम नेपालीका भरोसाका केन्द्र समेत भएकाले त्यसलाई ध्यानमा राखी जनताको आँसु पुछ्ने काम गर्न तर्फ उन्मुख हुनु पर्ने आम सर्वसाधारणको ठम्याई छ ।