शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्युठानमा नेकपा एस जिरो !


  • शनिबार, कार्तिक ६ २०७८
12.2K
SHARES

फाईल तस्बिर

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एस प्युठानमा जिरो भएको छ ।

 

माधव कुमार नेपालले एमाले विभाजन गर्दा एस तिर लागेका केहि नेता र पार्टी विभाजन नुहँदै समानान्तर कमिटीमा बसेका केही नेताहरु पनि नेकपा एमालेमै फर्किर क्रियासिल हुन थाले सँगै प्युनानमा नेकपा एसको नामनिसाना मेटिएको छ ।

 

नेकपा एसका केन्द्रीय सल्लाहकार तथा प्यूठानका पुराना नेता शोभाराम भण्डारी, सो पार्टी बन्ने क्रममा बनाइएको समानान्तर कमिटीका जिल्ला सचिव दीपेन्द्र केसी तथा जिल्ला सदस्यहरू तिलबहादुर घर्ती र धर्मराज भण्डारी नेकपा एमालेमै फर्र्र्किएर काम गर्न थालेका छन् ।

 

उनीहरुले शुक्रबार नेकपा एमालेको जिल्ला कार्यालय पुगेर पार्टीको संगठित सदस्यता नवीकरण गर्दै विभाजनको पक्षमा नलाग्ने स्पष्ट पारेका छन् । पार्टी विभाजनलाई साथ दिने नसकेको भन्दै सिंगो र सबल एमालेले मात्रै जनताको पक्षमा काम गर्न सक्ने भन्दै एमालमै फर्किएको उनीहरुले बताएका छन् ।

 

हालसम्म प्यूठानमा नेकपा एस बन्न सकेको छैन। पहिले गठित समानान्तर कमिटीसमेत विभाजनपछि बनेको एसमा रूपान्तरण गर्न संभव भएको छैन। एमालेको बलियो पकड क्षेत्र मानिएको प्युठानमा एसको भने अस्तिवनै हराएको छ ।

 

नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सुर्य थापाको गृह जिल्ला समेत रहेको प्युठानमा एमाले फुटको असर देखीएको छैन । सिंगो एमालेको पक्षमा सबै नेता कार्यकर्ताहरु एकतावद्ध रुपमा लागेको खबर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा