शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रभु साहले अब कुनै पनि हालतमा एमाले नछाड्ने, पाए ठूलो भाग


  • शनिबार, कार्तिक ६ २०७८
13.1K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा (एमाले) ले असन्तुष्ट नेता प्रभु साहलाई मनाउन कदम चालेको छ । पार्टी प्रभु शाह निकट दुई जनालाई केन्द्रीय सदस्य नियुक्त गरेको हो ।

 

दुई दिन चलेर आज सकिएको एमाले स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई नियुक्त गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

 

रौतहटका कुसवाह प्रत्यक्ष निर्वाचित प्रदेश सांसद र बाराका समीर समानुपातिक प्रदेश सांसद थिए । तर, उनीहरुलाई दल त्याग गरेको भन्दै नेकपा माओवादी केन्द्रले कारवाही गरेको थियो ।

 

साह पछिल्लो समय एमालेभित्र असन्तुष्ट बनेका थिए । ८ बुँदे सर्त राख्दै उनी विधान महाधिवेशनमा पनि सहभागि भएका थिएनन् । तर, एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि उनी सकरात्मक भएका छन्। तर, यो निर्णयमा उपाध्यक्ष भीम रावल भने असन्तुष्ट देखिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा