शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमालेमा फेरी लफडा, भीम रावलले दिए राजीनामा


  • शनिबार, कार्तिक ६ २०७८
10.5K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एमालेमा फेरी लफडा भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न आली तयार नभएपछि लफडा भएको हो ।

१० बुँदेको औचित्य समाप्त भएको भन्दै १० बुँदे सहमति कार्यान्वयन समितिबाट एमाले उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

 

उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।

 

पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए ।

 

‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने ।

 

उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए ।

 

स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् ।

 

प्रभु साहले भनेको भरमा केन्द्रीय सदस्यमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताए । नेकपा एमालेमा देखिएको सवाद समाधान गर्नका लागि १० बुँदे सहमति भएको थियो ।

 

सोही सहमति अनुसार माधवकुमार नेपालले पार्टी फुटाउँदा पनि १० जना स्थायी कमिटी सदस्य एमालेमै बसेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा