आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

बेच्नमा बसेका बेला प्रधानन्यायाधीशले सुन्न पर्यो आङ सिरिङ्ग हुने खबर


  • शुक्रबार, कार्तिक ५ २०७८
12.7K
SHARES

फाईल तस्बिर

काठमाडौँ – विभिध कारणले तनावमा भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई थप तनाव थपिएको छ । पूर्वन्यायाधीश फोरमलेले प्रधानन्यायाधीश राणाले पद त्याग्नुपर्ने अडान सार्वजनिक गरेपछि तनावको पारो चढको हो ।

फोरमका अध्यक्ष एवम् पूर्वन्यायाधीश टोपबहादुर सिंहको हस्तक्षार शुक्रबार सार्वजनिक एक विश्लेषणमा प्रधानन्यायाधीश राणाले पद नछाडे उनीमाथि संसदले छानबिन थाल्नुपर्ने बताइएको छ।

अध्यक्ष सिंहले प्रन्या राणा पटक पटक अनेक विवादमा मुछिइसकेको अवस्थामा उनले आफैं निकास दिनु उचित हुने पनि बताएका छन्।

फोरमले आफ्नो छैटौँ साधारण सभामा नेपालको न्यायपालिकाको वर्तमान अवस्थाबारे विश्लेषण प्रस्तुत गरेको छ।

जसमा फोरमले शेरबहादुर देउवा नेतृत्वको चार दलीय गठबन्धन सरकारको मन्त्रिपरिषदमा भाग खोजेको तथा पत्नी हत्यामा जोडिएर जेल परेका सशस्त्रका डिआइजी रञ्जन कोइरालाको सजाय कटौती लगायतका कुराले जबरा विवादमा मुछिएकाले अब उनैले निकास दिनुपर्ने अडान लिएको हो।

फोरमले यदि जबराले निकास दिने कुरामा पहल नगरे संसदले उनीमाथि छानबिन थाल्नुपर्ने पनि जनाएको छ।

‘मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले भागवण्डाको सौदाबाजी गरेको समाचार आएको परिप्रेक्ष्यमा न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन उहाँ स्वयंले निकास दिनु यथोचित हुन सक्दछ’, फोरमले भनेको छ, ‘यदि प्रधानन्यायाधीशले न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशमाथि उठेका सबै विवादहरुको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुन पनि हामी आह्वान गर्दछौँ।’

फोरमले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले नै दिएको प्रतिवेदनमा प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाएको पनि स्मरण गराएको छ।

‘सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनमा नै प्रधानन्यायाधीशको भूमिकामा उठाइएको प्रश्न, प्रतिनिधि सभा विघटनका मुद्दा लगायतको पेसी सूची तोक्ने सम्बन्धमा उठेका विवादहरू, संवैधानिक अंगमा गरिएको नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबण्डा लिएको भनी आरोप लगाइरहनु, संवैधानिक परिषदसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता र प्रधानन्यायाधीशलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनको सुनुवाइमा गरिएको ढिलाइ तथा मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको भागबन्डाको सौदाबाजीका समाचार समेतको परिप्रेक्ष्यमा न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीशले निकास दिनु यथोचित हुन सक्दछ,’ फोरमले आफ्नो विश्लेषणमा भनिएको छ।

फोरमले न्यायपालिका उसकै नेतृत्वबाट जोगाउन आवश्यक रहेको पनि जनाएको छ। न्यायपालिकाको गरिमा बचाउन सबै तहका न्यायाधीशहरूलाई अग्रसर हुन पनि फोरमले भनेको छ।

प्रधानन्यायाधीशले अदालतहरूमा दलालको प्रवेश रोक्न स्वचालित प्रणाली लागू गराउन पनि असफल भएको फोरमले जनाएको छ। साउनमै प्रतिवेदन पेश भए पनि हालसम्म लागु हुन नसकेकाले प्रधानन्यायाधीशबारे उठेका शंका उपशंकाहरु अझै गम्भीर बनेको पनि फोरमले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा