माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दश बर्से युद्ध हुँदै नेपालको राजनीतिमा जनताका समस्या पुरा गर्छु भन्दै उदाएका नेता हुन । अहिले पनि सत्ता र सक्तीकै पेरीफेरीमा छन् । दुई पटक प्रधानमन्त्री बनी सकेका प्रचण्डको लोकप्रियता अहिले खस्कँदो छ ।
पहिलो पटक सत्तारुढ हुँदा नेपाली समाजले प्रचण्डतिर आशामुखी नजरले हेरेको थियो । दोस्रो पटक भने सबैको आखामा शङ्का दृष्टि थियो । अहिले त पुराका पुरा प्रचण्ड सँग जनता खुसी छैनन् भन्न सकिने अवस्था हुन सक्छ ।
दश वर्षे जनयुद्धको वेला कीवंदन्ती पुरुष बनेका प्रचण्डप्रतिको आकर्षण खुला राजनीतिमा अवतरण गर्ने बेलासम्म कायम थियो ।
त्यसयता राष्ट्रिय राजनीतिको केन्द्र भागमै रहे पनि उनको व्यक्तित्व खस्कँदो छ । बाडेका सपना पुरा गर्न सकेनन् । सक्तीकै पेरिफेरीमा घुमे तर भने जस्तो काम पटक्कै गरेनन् भन्ने आरोप उनलाई लाग्ने गरेको छ ।
बिलासी जीवनशैली, परिवार मोह, अस्थिर चरित्रको नेताको रूपमा आलोचना गर्नेहरूका अगाडि उनको चमत्कारिक र गतिशील चरित्रको बखान गर्नेहरू फिका पर्दै गएका छन् । समग्रमा प्रचण्डको प्रशंसा गर्नेभन्दा आलोचना गर्नेहरूको सङ्ख्या बढी छ ।
तैपनि जसले जेसुकै भनोस् नेपालको राजनीति यति बेला जुन ठाउँमा आइपुगेको छ त्यसको जस अपजसको भागी उनी एक्लै हुनभन्दा फरक पर्दैन ।
प्रचण्ड र उनको पार्टी अहिले पनि सत्तामै छ । तर जनभावना अनुरूप भूमिका निभाउन नसकेकै कारण हुन सक्छ जनतामा अहिले प्रचण्डका प्रशंसक भन्दा धेरै आलोचक भेटिन थालेका छन् ।