एकताका नेपाली फुटबल हेर्दै लाज लाग्ने अवस्थामा गुज्रिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीको फितलो प्रदर्शनले फुटबलमा उकुसमुकुसको वातावरण पैदा भएको थियो ।, हरेक खेल सहभागितामै मात्र सीमित भएका थिए ।
तर अहिले नेपाली फुटबलमा फरक पन आएको छ । आशालाग्दो नेपाली फुटबलरले खेल खेल्न थालेका छन् । यसको सबैभन्दा ठुलो जस कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी जसले नेपाली फुटबलको मुख्य प्रशिक्षकको भूमिका निभाए उनलाई जान्छ ।
अलमुताइरीले नेपाली फुटबल टिमको नेतृत्व गरेदेखि फुटबलमा एक किसिमको सुगन्ध आउन थालेको नकार्न सकिँदैन । गएको चैत १८ गते बसेको अखिल नेपाल फुटबल सङ्घ एन्फा प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले अलमुताइरीलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
उनले जिम्मेवारी समाले पछि नेपाली फुटबलमा सुगन्ध आउन सुरु भएको आम फुटबल प्रेमीहरूको बुझाई छ ।
इतिहासमै पहिलो पटक साफ चेम्पेनसिपको फाइनल सम्म यात्रा अलमुताइरीकै नेतृत्वमा नेपाल पुग्नुले पनि नेपाली फुटबलको स्तर माथि आउनुमा प्रशिक्षक अलमुताइरीको हात रहेको जनकारहरू बताउने गर्दछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।