शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ए भाइ, बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् भन्दै जङ्गिए प्रधानमन्त्री !


  • शुक्रबार, कार्तिक ५ २०७८
12.5K
SHARES

फाइल तस्विर

बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार करिब पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा बोल्ने क्रममा जङ्गिएको समाचार बाहिरिएको छ ।

करिब १३ मिनेट कार्यक्रममा बसेका देउवा छोटो मन्तब्य दिने क्रममा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला माइक नजिक पुगेर मिडियालाई साइड लगाउन खोजेका व्यक्तिलाई प्रधानमन्त्रीले आफ्नै तरिकाले , ‘ए भाइ, तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस्  भनेका थिए । प्रधानमन्त्रीले माइकबाटै भनेपछी ती युवा चुपचाप बसे । माईकबाट बोलेको हुनाले प्रधानमन्त्रीको आवाज जंगीए जस्तो सुनिएको थियो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले भने, ‘बाढी पहिरोले देशभर पीडा दिएको छ । धेरै धनजनको क्षति भएको छ । यो टोली काठमाडौँ फर्किएपछि सरकारले राहत र पुनर्स्थापनाको प्याकेज ल्याउँछ, पीडितको पीडा सम्बोधन गर्छ ।

कटान, पटान, डुबान क्षेत्रका जनताको समस्या समाधान गर्न सरकार तयार छ ।’ यति भनिसकेपछि ‘अबेर भइसक्यो, अब म लागेँ’ भन्दै प्रधानमन्त्री विद्यालय प्रांगणमै रहेको हेलिकोप्टर चढेर कैलालीको धनगढीतर्फ लागे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा