शनिबार, साउन ३० २०८३
ताजा अपडेट

काठमाडौंको तापक्रम हिजोभन्दा आज १ डिग्री कम, मौसमविद् भन्छन्- ठूलो पानी पर्दैन


  • शुक्रबार, कार्तिक ५ २०७८
9.8K
SHARES

फाइल तस्विर

काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा शुक्रबार १ डिग्री सेल्सियस तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १६.५ डिग्री थियो भने शुक्रबार १५.४ छ। तापक्रम घटेको र बादल पनि लागेकाले उपत्यकामा चिसो महशुस भएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसमविद् श्रेष्ठका अनुसार बादल लागे पनि आज-भोलिमा ठूलो वर्षा हुने सम्भावना छैन।

‘शुक्रबार प्रदेश १ र २ का केही स्थानमा हल्का वर्षा हुने देखिन्छ। शनिबार बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने देखिन्छ,’  मौसमविद् श्रेष्ठले भने,‘कुनै मौसमी प्रणाली नभएकाले ठूलो वर्षा हुने सम्भावना छैन।’

२०७८ कात्तिक ५ गते (शुक्रबार)

दिउँसो: प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा