शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको गिनिज बुक रेकर्डवाला भिडियो बाबुरामले नै आफ्नो वालमा सेयर गरेपछि…


  • शुक्रबार, कार्तिक ५ २०७८
11K
SHARES

फाईल तस्बिर

काठमाडौं, ४ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका गिनिज बुक रेकर्डवाला भिडियो आफ्नो ट्वीटर वालमा सेयर गरेका छन् ।

 

हिजोमात्रै ओलीले गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएपछि बाबुरामले व्यंग्यात्मक रुपमा चित्रण गरेका छन् । उनले ओलीको बोलीमाथि कडा कटाक्ष गरेका हुन् ।

 

बाबुराम ओलीको कडा आलोचना गर्ने नेताहरुमध्येमा पर्दछन् । उनले ओलीका गिनिज बुक पाँच वटा बुँदामा समेटेर उल्लेख गरेका छन् ।

 

बाबुरामले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्–ओलीको गिनिज बूक रेकर्ड=१.२/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना;२.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा;३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी;४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम;५.हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना!


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा