शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउवा सरकारले डण्डा चलाएका युवराज खतिवडा कात्तिक १५ गते यसो गर्दैछन्


  • बिहिबार, कार्तिक ४ २०७८
8.4K
SHARES

फाइल तस्विर

फिर्ता बोलाइएका अमेरिकाको लागि नेपाली राजदूत डा. युवराज खतिवडा कात्तिक १५ गते काठमाडौं आइपुग्ने भएका छन् । सरकारले एक महिनाअघि नै फिर्ता बोलाएका विभिन्न देशका राजदूतमध्ये उनी पनि हुन् ।

अमेरिकी विदेश मन्त्रालयका पदाधिकारीहरुसँग भेटघाटको निम्ति समय मागेको निहुँमा झण्डै एक महिनाको समय उतै गुजारेका उनले अक्टोबर महिनाभित्र स्वदेश फर्किने परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् । परराष्ट्र स्रोतले भन्यो, ‘अक्टोबरभित्र स्वदेश फर्किनेछु भनेर केही दिन पहिले जानकारी आएको छ ।’

गत असोजको शुरुमा सरकारले फिर्ता बोलाएपछि पदमुक्त भएका खतिवडा त्यसबीच बोस्टनमा आयोजित स्वागत कार्यक्रममा राजदूतकै हैसियतमा सहभागी भएका थिए । मासाचुसेट्स राज्यका सरकारी अधिकारीहरुसँग पनि राजदूतको हैसियतमा भेटघाट गरेका हुन् ।

कूटनीतिक क्षेत्रको आचरणअनुसार कुनैपनि राजदूत पदमुक्त भएपछि सम्बन्धित देशको परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुबाहेक विदेश मन्त्री तथा सरकार र राष्ट्र प्रमुखसँग मात्र भेटघाट गर्नुपर्ने हुन्छ । तर उनले उक्त आचरणको ठाडो उल्लंघन गरेको वासिङटन डिसीस्थित दूतावास स्रोतले बताएको छ ।

असोज पहिलो साता राष्ट्रसंघको साधारण सभामा भाग लिन अमेरिका पुगेको परराष्ट्र मन्त्री नारायण खड्काको टोलीमा पदमुक्त भएका कारण खतिवडालाई राखिएको थिएन ।

तर, त्यहि मेसोमा उनी राजदूतको हैसियतमा बोस्टनमा आयोजित कार्यक्रममा सहभागी भएर स्थानीयको स्वागत ग्रहण गरेका थिए । जबकि उनले बिदाई कार्यक्रममा सहभागी हुनुलाई मात्र स्वाभाविक मानिन्थ्यो । जनआस्थामा खबर छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा