शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सकियो एमाले स्थायी कमिटी बैठक, प्रचण्डलाई तनाव हुनेगरी भयो यस्तो निर्णय


  • बिहिबार, कार्तिक ४ २०७८
9.8K
SHARES

काठमाडौं – नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकले प्रचण्डलाई तनाव हुने गरी महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले आगामी १०औं महाधिवेशन गर्ने स्थानको बारेमा निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निर्वाचन क्षेत्र चितवनमा महाधिवेशन गर्ने भएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको एमाले सचिव गोकर्ण बिष्टले जानकारी दिए ।

महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ ।

रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।

महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएका छ ।

बादल पनि चितवनकै हुन् । महाधिवेशन हुदा कार्यकर्ताको चहलपहल हुने, ठूलो उत्सव हुँदा अरु पार्टी नेता कार्यकर्ता पनि आक्रषण भएर पार्टी प्रबेश गर्ने सम्भावनालाई मध्येनजर गर्दै चितवनलाई छनोट गरिएको हो ।

बादलले आफू प्रचण्डका विरुद्धमा चुनाव लड्ने यसअघि नै घोषणा गरिसकेका छन् । त्यसका लागि बातावरण तयार पार्न पनि चितवन छनोट भएको हुनसक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा