शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओली प्रतिगमनकारी निर्वाचित तानाशाह हुन : राजेन्द्र पाण्डे


  • बिहिबार, कार्तिक ४ २०७८
11K
SHARES

फाइल तस्विर

बागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमनकारी निर्वाचित तानाशाहको संज्ञा दिएका छन् ।
बागमती प्रदेश सभामामा बोल्दै नेता पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित तानाशाहको संज्ञा दिएका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केपी ओलीलाई कमरेड भन्न पनि मन नलाग्ने भनेको विषय स्मरण गर्दै नेता पाण्डेले भने, ‘यो गठबन्धन प्रतिगमनविरुद्ध उभिएको गठबन्धन हो । संविधानको रक्षाका लागि बनेको गठबन्धन हो । संघीयताको रक्षाको लागि बनेको गठबन्धन हो । समावेशीताको रक्षामा बनेको गठबन्धन हो । एक किसिमले भन्ने हो भने नेपालमा निर्वाचित तानाशाहकाविरुद्धमा उभिएको बनेको गठबन्धन हो यो ।’

ओलीलाई प्रतिगमनकारी निर्वाचित तानाशाह भन्दै नेता पाण्डेले मुखयमन्त्री शाक्यलाई साथ दिन नसकिने जनाएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा