अमेरिकाले कोभ्याक्स सुविधामार्फत् एक लाख डोज कोरोना खोप यसै साता नेपाल पठाउने भएको छ। खोप शाखाका प्रमुख डाक्टर सागर दाहालले यसै साता एक लाख डोज फाइजर खोप नेपाल आउन लागेको जानकारी दिए।
‘अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधामा एक लाख डोज फाइजर खोप यसै साता नेपाल आइपुग्छ,’ उनले भने।
यो खोप १२ वर्ष माथिका उमेर समूहलाई लगाउन सकिनेछ। दाहालले खोप १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई लगाउने तयारी भएको जानकारी दिए।
सरकारले दसैंअगाडि नै यो खोप आउने जनाएको थियो। तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दसैं अगाडि फाइजरको एक लाख डोज खोप आउने बताएका थिए।
यसअघि अमेरिकाले नेपाललाई एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार डोज खोप अनुदानमा दिएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।