साधन छ तर साधन चलाउनको लागि लाइसेन्स छैन भनेर धेरै सर्वसाधारणको टाउको दुखाइको विषय बनेको छ । कोरोना महामारीका कारण ६ महिना देखि बन्द भएको ड्राइभिङ लाइसेन्स लिखित तथा प्रयोगात्मक परीक्षा हुन नसकेका कारण सर्वसाधारणले सवारी साधन अनुमति पत्र लिन सकेका छैनन् ।
तर अब तनावमा बस्ने दिन गएका छन् । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी एक सातापछि खोल्न तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।
यसअघि आवेदन दिएकाहरुलाई भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा लिन शुरु गरिएको थियो । प्रवक्ता भुसालका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ५ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् ।
लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन्। नियमित शैलीमा परीक्षा लिइरहेका छन् ।
प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमचा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिइनेछ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउनेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।