शनिबार, साउन ९ २०८३
ताजा अपडेट

किसानलाई धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह


  • बिहिबार, कार्तिक ४ २०७८
8.3K
SHARES

फाईल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।

‘ प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले सम्‍पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्‍यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह पनि गरेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा