शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बाढीपहिरो पीडितलाई उचित राहत र क्षतिपूर्ति दिने प्रधानमन्त्रीको प्रतिवद्धता


  • बिहिबार, कार्तिक ४ २०७८
9.5K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बाढी पहिरोबाट ठुलो क्षति भएको भन्दै पीडित परिवारलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा बिहीबार बिहान सुर्खेत आएका देउवाले क्षतिको अनुगमन भइरहेको र सबै तथ्यांक संकलन भएपछि राहत दिने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुसँग प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए ।

सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा काठमाडौंबाट हिँडेका प्रधानमन्त्री देउवा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा करिब आधा घण्टा बिताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा