काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । कसैलाई जानकारी नै नदिई थापाले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका हुन् ।
उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को संसदीय नेटवर्कको बोर्ड सदस्यको जिम्मेवारी प्राप्त गरेका हुन् । भर्खरै भएको सम्मेलनले थापालाई बोर्ड सदस्यको रूपमा निर्वाचित गरेको हो ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले आफू उक्त पदमा निर्वाचित भएको जानकारी गराएका हुन्। उनले अब दुई वर्षका लागि बोर्ड सदस्यरूपमा काम गर्नेछन्।
उक्त सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन्। उनले ती सदस्यसँग अब दुई वर्षसम्म समावेशी विकासका लागि काम गर्ने बताएका छन् ।
उनले आफूले जिम्मेवारी पाउँदा खुशी लागेको भन्दै उत्साहित भएर सामाजिक संजालमा खुशी बाँडेका छन् । उनी खुशी भएपछि उनका सुभचिन्तक भने यसमा सहमत भएका छैनन् ।
नेपाली कांग्रेसको सभापतिमा उमेद्वारी दिने आँट नगरेको भन्दै मामुली विषयमा खुशी हुँदा आफूलाई चिन्ता लागेको उनका सुभचिन्तकले प्रतिक्रिया दिएका छन् । ‘यो भन्दा खुसी तपाई कांग्रेसको सभापतिका लागि उठ्नु भो भन्ने सुन्दा लाग्ने थियो तर तपाईले हिम्मत नगरेर दुखी बनाउनु भो ।’ एक समाजिक संजाल प्रयोगकर्ताले लेखेका छन् ।
उनलाई धेरै बधाई दिएका छन् । ‘विश्व बैंक जोडिएको कुनै पनि कार्यक्रम वा संगठनको सदस्यमा चुनिनु भनेको चानचुने कुरा हुँदै हैन। अमेरिकाले सिधै तथास्तु गरेकै हुनु पर्दछ। मेरो देशको आसालाग्दो युवा नेतालाई बधाई त दिनै पर्यो’, अर्का एक शुभचिन्तकले झर्को मान्दै बधाई दिएका छन् ।
विश्व बैंक अमेरिकाको प्रत्यक्ष संलग्नता भएको बैंक हो । कहिले काँहि गगन थापाको नाम पनि अमेरिकासँग जाडिएर आउने गरेको छ ।
खासगरी उनीमाथि अमेरिकी गप्तचर संस्था सीआईएको नेपाली प्रतिनिधि भन्दै आरोप लाग्ने गरेको छ । केही समय अघि अमेरिकी दूतावाससँग पनि उनको नाम जोडिएको थियो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पनि थापा केही नबोलेपछि उनीमाथि लागेको संकामा बल पुगेको थियो ।